TodayPati

यातायात श्रमिक संघ धनुषाको अध्यक्षमा राम दुलार महतो चुनिए

टुडेपाटी-

जनकपुरधाम, फागुन १५ गते ।

नेपाल यातायात श्रमिक संघ धनुषाको अध्यक्षमा श्री राम यातायात प्रा.ली.का सञ्चालक राम दुलार महतो (राम सिंह) चयन भएका छन् ।

Sponsored

राजावादीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीको टे«ड युनियन महासंघ नेपाल (टुकोन) ले आफनो जिल्ला संगठन संघको धनुषा अध्यक्षमा सिंहलाई चयन गरेको हो ।

जनकपुरधामको रामानन्दचौकमा श्री राम यातायात प्रा.ली.का माध्यमले जनकपुरधामबाट काठमाण्डौं सहित देशको विभिन्न शहरहरुमा यातायात सेवा प्रदान गर्दै आएको सिंहले संघको अध्यक्षको जिम्मेवारी पाएका हुन ।

सिंहले भने, ‘यातायात श्रमिकहरुको हकहितका लागि सधै तत्पर रहने छु ।’ सिंह जनकपुरधामको यातायात व्यवसायीहरुमा सक्रिय युवा व्यवसायी हुन ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *