TodayPati

प्रदेश २ : बालविवाह गर्न लागेका बेहुला र बेहुलाका बुवा विवाह मण्डपबाटै प्रहरीको फन्दामा

टुडेपाटी-

वीरगञ्ज, फागुन १५ गते ।

बालविवाह गरेको आरोपमा पर्साको वीरगन्जस्थित विवाह मण्डपबाटै बेहुला र उनका बुवा पक्राउ परेका छन्।

Sponsored

प्रहरीले वीरगञ्ज महानगरपालिका १६, लक्ष्मीनारायण टोलमा बालविवाह भइरहेको खबर पाएपछि वीरगञ्ज १६ नगवाका १९ वर्षीय बेहुला र उनका ४६ वर्षीय बुबालाई पक्राउ गरेको हो।

बाल विवाह गरेको खबर आएपछि उनीहरुलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी ओमप्रकाश खनालले बताए।

उनका अनुसार दुवै जनामाथि थप अनुसन्धानका भइरहेको छ। थप अनुसन्धानका लाागि अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ।

Sponsored

बालविवाहसम्बन्धी कसूरमा दोषी ठहरिए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था रहेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *