TodayPati

देशमा राजनीतिक उथलपुथलकाबीच झलनाथ खनाल आज दिल्ली जाँदै, मोदीले साथ देलान् ?

टुडेपाटी-

काठमाडौँ, माघ २९ गते ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्ली उड्दै छन्।

Sponsored

पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा अहिले ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली जान लागेका हुन्। उनी केही दिन दिल्लीमा रहने छन्।

पारिवारिक स्रोतका अनुसार शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहेका थिए।

तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली जान लागेका हुन्। यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए।

Sponsored

तर देशमा राजनीतिक उथलपुथल भइरहेको बेला उनी दिल्ली जानुलाई समेत अर्थपुर्ण रुपमा हेरिएको छ । भारत प्रचण्ड–नेपाल समुहबाट चिढिएको बेला उनी दिल्ली उड्न लागेका हुन् ।

प्रचण्डले प्रतिनिधिसभा विघटन विरुद्ध विदेशी शक्तिहरुको पनि साथ र सहयोग खोजिरहेका छन् ।

तर प्रचण्ड–नेपाल समुहलाई तत्कालको अवस्थामा भारतले साथ नदिने वैदेशिक मामिलाका जानकार बताउँछन् ।

पछिल्लो समय भारतीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सुमधुर सम्बनध रहेको र भारतकै उक्साहटमा ओलीले देशमा वर्तमान परिस्थिती निम्त्याएको बताइन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *