TodayPati

प्रदेश २ : हतियार सहित दुईजना प्रहरीको फन्दामा

शुभ नारायण यादव

सप्तरी, माघ २५ गते ।

सप्तरी प्रहरीले अवैध हतियार सहित दुई जना युवकलाई पक्राउ गरेको छ ।

Sponsored

ईलाका प्रहरी कार्यालय रुपनिको टोलिले विशेष सुचनाको आधारमा छापामारि गर्दा सप्तरीको शम्भुनाथ नगरपालिका-२ भलुवाहिबाट एक नाले भरुवा बन्दुक सहित दुई जना युवकलाई आज बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा शम्भुनाथ नगरपालिका वडा न.२ भलुवाहिके २५ बर्षिय रामपुकार माझी र सोहि ठाउका २२ बर्षिय राम स्वरुप मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक थप अनुसन्धान कार्य भइरहेको डिएसपि साहले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *