TodayPati

रौतहटमा हतियारसहित २ जना प्रहरीको फन्दामा

टुडेपाटी

रौतहट, फागुन २७ गते ।

रौतहट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। रौतहटको गढिमाइ नगरपालिका ६ स्थित बागमति पुलबाट दुर्इ जनालाई पक्राउ गरेको हो।

Sponsored

पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउपालिका ६ का २८ वर्षिय राजेश महरा र २१ वर्षीय जयनारायण राम छन्। राति ९ बजेको समयमा हतियारसहित रौतहटतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने एसएलआर को ३ थान गोली बरामद भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *