TodayPati

प्रहरीले दमन गरेको भन्दै बरहथवाको सडकमा उत्रे विद्यार्थी, प्रदर्शन गर्दै बसे धर्ना (फोटो फिचर)

टुडेपाटी-
सर्लाही, माघ १८ गते ।

प्रहरी दमनको विरुद्धमा सर्लाहीको बरहथवामा रहेको चक्र जनता सहिद गंगा माध्यमिक विद्यालयका विद्यार्थी धर्ना दिएका छन् ।

विद्यालयको विषयमा शुक्रबार बरहथवा नगरपालिका कार्यालय पुगेका बेला अाफूहरुमाथी प्रहरीले बल प्रयोग गरि दमन गरेको भन्दै विधार्थीहरूले आइतबार  नगरपालिका कार्यालय अगाडि धर्ना दिएका हुन् ।

Sponsored

विद्यार्धीको समूहले केहीबेर नगरपालिका र प्रहरी दमनविरुद्ध नाराबाजीसमेत गरेका थिए।

विद्यार्थीहरूले विद्यालयमा नियमित पठनपाठन नभएको, अतिरिक्त क्रियाकलाप अन्तर्गत भ्रमण खर्च नदिएको र विद्यालयमा भौतिक संरचना व्यवस्थित नहुँदा पठनपाठनमा समस्या भएको भन्दै विद्यालय प्रशासन र नगरपालिकामा समेत ज्ञापनपत्र बुझाएका थिए।

पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि व्यवस्था नगरेको विद्यार्थीहरूको भनाइ छ। आफूहरूले राखेको माग सम्बोधन गर्नुभन्दा पनि उल्टै बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, प्रमुख प्रसाशकीय अधिकृत खिम बहादुर भुजेल र विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवको निर्देशनमा प्रहरीले विद्यार्थीमाथि बर्बर दमन गरेको उनीहरूको आरोप छ। 

Sponsored

‘प्रधानाध्यापकको दादागिरी बन्द गर’, ‘भ्रष्टाचारीलाई कार्वाही गर’, ‘नियमित पठनपाठन सुचारु गर’, ‘समयमै पुस्तक वितरण गर’लगायत नारा लेखेको प्लेकार्डसहित धर्नामा बसेका हुन्।

प्रधानाध्यापक, मेयर लगायतको दादागिरीका कारण धर्नामा बस्नुपरेको ११ कक्षामा अध्यनरत विद्यार्थी ललिता शर्माले बताइन्। यसअघि पनि समस्या राख्दा प्रधानाध्यापक रायले मान्छे बोलाएर कुटाउने भन्दै धम्की दिएका उनले बताइन्।  

शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यालयले पुस्तक उपलब्ध नगराएको, विद्यालयमा नियमित पठनपाठन समेत नभएको भन्दै विद्यार्थीहरूले गत शुक्रबार नगरपालिका कार्यालय र विद्यालयमा तोडफोड गरेका थिए।

विद्यार्थीहरूले नगरपालिकाको दराज, गमला, होर्डिङ बोर्ड, झ्यालको सिसामा क्षति पुर्‍याएका थिए। विद्यार्थीले गरेको ढुंगामुढाबाट नगरपालिकाका प्रशासन शाखा प्रमुख कमलप्रसाद पौडेलको बा२०च ९३३७ नम्बरको कारको सिसा फुटेको थियो।

प्रधानाध्यापक रामबहादुर राय यादवले विद्यार्थीको नाममा घुसपैठ भएको आरोप लगाएका छन्। विद्यार्थीको माग सम्बोधन गर्ने तयारी भइरहँदा केही व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थी परिचालन गरेको उनको आरोप छ।

यता इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले विद्यार्थीमाथि दमन नगरिएको दावी गर्दै विद्यार्थीको भीड उत्तेजित भएकाले सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको तर्क गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *