TodayPati

चिसो बढेपछि आइतबारदेखि मिथिला नगरपालिकाका विद्यालयहरु ५ दिनका लागि बन्द

टुडेपाटी-

जनकपुरधाम, माघ १६ गते ।

धनुषासहित तराईमा जाडो बढेपछि मिथिला नगरपालिकाले माघ २१ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

Sponsored

केही दिनदेखि शीतलहर बढेपछि विद्यार्थीहरुलाई विद्यालय जानमा समस्या हुन थालेपछि मिथिला नगरपालिकामा नगरभित्रको सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु आइतबारदेखि ५ दिनसम्मको लागि बन्द गर्ने निर्णय गरेको हो ।

वाक्लो हुस्सु र शितलहरको कारण जनजीवन प्रत्यक्ष रुपमा प्रभावित भएपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गरी नगरपालिकाले माघ २१ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो विदा दिएको मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रचिन्द्र डंगोलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

जाडोको समयमा बालबालिकाहरु सबै भन्दा बढ़ी प्रभावित हुने भएकोले नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । साथै सामुदायिक विद्यालयहरूको अर्धवार्षिक परिक्षा सकिएको हुँदा उक्ता विदा अवधिभरी उत्तरपुस्तिका परिक्षण गरी गराइ विदा उपरान्त नतिजा प्रकाशन गरी नतिजा विवरण सहित शिक्षा, युवा तथा खेलकुद शाखामा जानकारी दिन समेत प्रमुख प्रशासकीय अधिकृत डंगोलले सूचना मार्फत भनेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *