TodayPati

धनुषामा ‘हाई स्पीड’ टाटासुमो दुर्घटनामा ५ जना घाइते, एकको अवस्था गम्भीर

टुडेपाटी-

जनकपुरधाम, माघ १३ गते ।

धनुषाको विदेह नगरपालिका ३ स्थित चिकनामा टाटासुमो दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

Sponsored

मंगलबार विहान रघुनाथपुरबाट ठाडी तर्फ आउँदै गरेको ज १ च १३५८ नम्बरको गाडी तिब्र गतिका कारण अनियन्त्रित भएर गाडी दुर्घटना भएको हो ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । उनको जनकपुरस्थित रामजानकी अस्पतालमा उपचार भइरहेको छ ।

अन्य घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुकोे जनकपुरकै जानकी मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *