TodayPati

प्रदेश २ : तीनजना सवार मोटरसाइकल दुर्घटनामा बीचमा बसेका युवकको मृत्यु, दुई जना घाइते

टुडेपाटी

राजविराज, माघ १० गते ।

सप्तरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

Sponsored

बोदेबरसाइन नगरपालिका–२ विष्णुपुरमा तीन जना चढेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

विष्णुपुरबाट बोदेबरसाइनतर्फ जाँदै गरेको प्रदेश न.२-०१-००१ प ६४०३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले बताए।

मृत्यु हुनेमा खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरी छन्।

Sponsored

उनी मोटरसाइकलको बीचमा बसेका थिए। डिएसपी साहका अनुसार दुर्घटनामा चालक २७ वर्षीय सनी चौधरी र पछाडि बसेका १८ वर्षीय दिवेश चौधरी घाइते छन्।

तिनै जना सख्त घाइते भएकोमा उपचारको युनिक अस्पताल रुपनीमा लगिएकोमा सुदीपको मृत्यु भएको थियो।

घाइते रहेका सनि र दिवेशको दुबैको युनिक अस्पतालमा उपचार भइरहेको छ।

मृतकको शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *