सप्तरीमा कोरोना संक्रमण शुन्यमा झर्यो
शुभ नारायण यादव-
सप्तरी, माघ ९ गते ।
सप्तरी जिल्लामा कोरोना संक्रमितको अवस्था शुन्यमा झरेको छ ।
दुई दिनअघि सम्म दुई जना संक्रमित मात्र बाँकी रहेकोमा शुक्रबार तीनको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि जिल्लामा एकजना पनि संक्रमित नरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख दुनियालाल यादवका अनुसार पछिल्लो समयमा जिल्लाभरि १३ वटा क्वारेन्टाइन र ७ वटा संस्थागत आइसोलेशन रहेका थिए ।
आशंकित र संक्रमितहरु एउटै पनि बाकी नरहदा ती सबै आइसोलेशन र क्वारेन्टाइन खाली भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताउनु भयो ।
जिल्लामा हालसम्म २१ हजार १ सय ६८ जनाको स्वाब परिक्षण गरिएकोमा १९ हजार ३ सय ९९ नेगेटिभ तथा १ हजार ८ सय ३० जना पोजेटिभ आएको र ती मध्येका ४१ जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
Sponsored