TodayPati

धनुषाको विदेह नगरपालिकामा डकैती

टुडेपाटी

जनकपुरधाम, माघ ७ गते ।

धनुषाको विदेह नगरपालिकामा डकैती भएको छ ।

Sponsored

मंगलबार राति विदेह नगरपालिका–३ स्थित चिकनाका सगमलालको घरमा डेरा गरि बस्ने विजय साहको घरमा डकैती भएको प्रहरीले जनाएको छ ।

२ लाख नगद, तीनतोला सुन र ४० तोला चाँदी गरि पाँच लाख बढीको लुटपाट गरी डाँका फरार भएको दुहबी प्रहरीचौकीले जनाएको छ ।

घटना विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Sponsored

जनकपुर घर भएका साह चिकनामा डेरा गरि बसेर विदेह नगरपालिकाको तीनकौरिया बजारमा ज्वेलर्स सञ्चालन गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *