TodayPati

धनुषाको बटेश्वरमा खानेपानी संस्थाले सार्वजनि गरे हिसाब-किताब, मन्त्री सोनलले दिए यस्तो आश्वासन

टुडेपाटी

जनकपुरधाम, पुस २४ गते ।

धनुषाको बटेश्वर गाउँपालिका—१ चित्रपुरस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितीको पाँचौ साधारणसभा सम्पन्न भएको छ ।

Sponsored

६ सय बढी उभोक्ता रहेको खानेपानीको समितीले साधारणसभामा एक वर्षको अवधिमा भएको आय, व्यय, प्रगति विवरणकासाथै प्रस्ताववित कार्यक्रम समेत सार्वजनिक गरेको छ ।

समितीले सार्वजनिक गरेको विवरण अनुसार १ साउन २०७६ देखि ३ अषाढ २०७७ सम्म २३ लाख ५२ हजार ४ सय ३९ रुपैँया आम्दानी र सोही बराबरको खर्च भएको विवरण देखाएको हो ।

प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री जितेन्द्र सोनल र समितीका अध्यक्ष रामअशिष महतोको अध्यक्षतामा सम्पन्न साधारणसभामा समितीले यस अवधिमा हाँसिल गरेको पाँचवटा मुख्य प्रगति विवरण समेत सार्वजनिक गरेको छ ।

Sponsored

समितीका अनुसार पाँच धुर जग्गा अनुदान र १० धुर जग्गा गाउँपालिकाको सहयोगमा पास गराएको, डिभिजन कार्यालय महोत्तरीबाट १ पम्प खानेपानी भवनको निर्माण र १—२० एचपीको समरसेवलको पम्प, पाइनलवोर्ड—१, गेट भल्ब—सुलेश भल्बग्यासकिट लगायतका समाग्री ल्याउन सफल भएको,

थप संस्थाको आम्दानीको भोज भतेरमा रु.१ सय प्रति हजारको लिटरमा चेक भल्ब लगाई पानी भर्ने व्यवस्था मिलाएको, विगतका बाँकी पानी महसुल उठाउन समितीबाट घर—घरमा गएर बाँकी रकम तिर्न अनुरोध गरेको र पानीको नियमित व्यवस्थापन गर्नलाई लाइन, सोलार र जेनरेटरको व्यावस्था गरेको सार्वजनिक गरिएको प्रतिवेदनमा बताइएको छ ।

त्यसैगरी समितीले साधारणसभामा ७ वटा कार्यक्रम समेत प्रस्ताव पारित गरेको छ । खानेपानी संस्थाको नाममा एक कट्ठा जग्गा किन्ने, ग्राउड ट्यांकीको निर्माणकालागि विभिन्न दात्री निकायसँग माग गर्ने,

खानेपानी संस्थालाई व्यवस्थित र पारदर्शी बनाउन वाइफाइ र ई—सेवाको टेक्निकल प्रविधिमा लाने रकम विभिन्न दातृ निकायसँग सहयोग माग्ने, धाराको मिटर जडानमा सरकारी संघसंस्था, स्कुल, मठ मन्दिरमा धाराको मिटर लगाउनुपर्ने सोलार ब्याट्री स्टोरेजको व्यवस्था मिलाउन पहल गर्ने समितीको प्रस्ताव पारित भएको हो ।

समय अनुसार महंगाई बढीरहेको अवस्थामा कर्मचारीहरुबाट तलब वृद्धिको माग गरिरहेको र साविका विजली बिलको रेटमा समेत वृद्धि भएको अवस्थामा यस संस्थाको आय बढाउन ८ हजार लिटरमा रु १ सय र सोभन्दा माथि आउने अंकमा हजारको रु. २० प्रति हजारको दरले लिने भनी समितीले राखेको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ ।

कार्यक्रममा बोल्दै प्रदेश २ का भौतिक पुर्वाधार विकासमन्त्री सोनलले उपभोक्ताको हकहित तथा जनताको सुख समृद्धिकालागि खानेपानी तथा भौतिक संरचना विकासकालागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

जिल्लाको उत्तरी भेगमा रहेको खानेपानीको समस्या बुझेका उनले घर—घरमा सहज रुपले खानेपानी सेवा पुर्याउन गर्नुपर्ने सहयोगकालागि आफु जतिखेर पनि तयार रहेको जिकिर गरे ।

मन्त्री सोनलले सो उपभोक्ता समितीलाई प्रत्येक घरमा सहज ढंगले खानेपानी पुर्याउन आवश्यक योजना तथा कार्यक्रम लिएर मन्त्रालयमा पेश गर्न समेत आग्रह गरे ।

त्यसैगरी खोपानी संस्थालाई आफ्नो निर्वाचन क्षेत्र विकास कार्यक्रमकासाथै विभिन्न सरकारी तथा गैर सरकारी संस्थाबाट निरन्तर सहयोग गरिरहेका नेकपा संसदीय दलका नेता तथा प्रदेशसभा सदस्य शत्रुधन महतोले यसवर्ष समेत यस खानेपानी संस्थाको सहयोगकालागि १५ लाख रुपैँया विनियोजन गरेको बताए ।

कार्यक्रममा प्रछिल्लो प्रतिनिधिसभाका प्रत्यासी महाजन यादव, प्रदेशसभा प्रत्यासी बासुलाल महतो, गाउँपालिका उपाध्यक्ष प्रमिला देवी महतो, वडाध्यक्ष शैलेन्द्र महतो लगायत स्थानीय नेता तथा खानेपानी उपभोक्ताहरुको सहभागीता रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *