TodayPati

महोत्तरीबाट झग्डा गरेर भाग्दै गरेका दुईजना भारतीय पेस्तोलसहित फन्दामा

टुडेपाटी-
महोत्तरी, पुस १८ गते ।

महोत्तरीबाट अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक फक्राउ परेका छन् । भारतको सितामढी बासबिट्टी बस्ने १९ वर्षीय मुकेशकुमार मण्डल र १५ वर्षीय राजकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी महोत्तरीको मनरा सिसवा नगरपालिका १० मरुवाहीमा स्थानीयसँग दुबैजनालई विवाद गरेका थिए । विवाद पश्चात भाग्ने क्रममा दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए ।

Sponsored

दुबैजनाको साथबाट १ थान लोडेड सेमि अटोमेटिक पेस्तोल र १ थान स्प्रिङ चक्कु बरामद भएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *