TodayPati

बार अनुसार धनुषामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन

टुडेपाटी-
जनकपुरधाम, पुस २ गते ।

जिल्ला प्रशासन कार्यालय धुनषाले राष्ट्रिय परिचय पत्रका सेवाका निम्ति तालिका बनाएको छ । नागरिकता वितरणसहित अन्य कामका लागि स्वास्थ्य मापदण्डको धज्जी उडाएको जिल्ला प्रशासन कार्यालय धनुषाले राष्ट्रिय परिचय पत्रका सेवाका निम्ति तालिका बनाएको हो ।

हप्ताको सातै दिन विभिन्न स्थानीय तहलाई राष्ट्रिय परिचय पत्रका सेवाहरु उपलब्ध गराउने भन्दै जिल्ला प्रशासन कार्यालयले तालिका बनाएको छ ।

Sponsored

जसअनुसार आइतबार हंसपुर, धनुषाधाम र विदेह नगरपालिकाका सेवाग्राहीलाई, सोमबार नगराइन, सबैला र गणेशमान चारनाथ नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइनेछ ।

मंगलबार जनकपुरधाम उप महानगरपालिका, मिथिला बिहारी र क्षिरेश्वरनाथ नगरपालिकाका सेवाग्राहीलाई, बुधबार जनकनन्दनी, लक्ष्मीनियाँ र औरही गाउँपालिका, बिहीबार जनकपुरधाम उप महानगरपालिका, मुखियापट्टी र बटेश्वर गाउँपालिका तथा शुक्रबार कमला, शहीदनगर र मिथिला नगरपालिका तथा धनाौजी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने उक्त कार्यालयले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा अत्यधीक भींड लाग्ने गर्दछ । सेवा लिन आएका सेवाग्राही बिना मास्ककै टाँसिएर लाइनमा लाग्ने गरेका छन् ।

Sponsored

भौतिक दुरी कायम गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्डहरु अपनाएर सेवा प्रवाह गर्नुपर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषामा यस्तो मापदण्डको पालना नगरेको दिनहुँ देख्न सकिन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *