TodayPati

उखु किसानको समर्थनमा जिप्रका सप्तरी अगाडि एक घण्टा धर्ना

शुभ नारायण यादव-
सप्तरी, पुस
२ गते ।

उखु किसानले जारी राखेको आन्दोलनप्रति ऐक्येवद्धता जनाउँदै सप्तरीका अगुवा किसानहरुले जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिएका छन् ।

जनता समाजवादी पार्टी निकट किसान संघको अगुवाईमा जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि बिहीबार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म उनीहरुले धर्ना दिएका हुन् ।

Sponsored

उखु किसानहरुको वक्यौता रकम भुक्तानी गर्नुपर्ने, धानको समर्थन मूल्य लागु गर्नुपर्ने, किसानलाई समयमा मल, खाद, बीऊ सहुलियत दरमा उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न मागहरु अघि सार्दै किसान सङघले धर्नामा बसेका थिए ।

किसानहरुको समस्याप्रति सरकारले ध्यान नदिएको तथा उखु किसानहरुको मागलाई सम्वोधन गर्न ढिलाई भईरहेकोले दवाब स्वरुप आफुहरुले धर्ना कार्यक्रमलाई अगाडि बढाएको युवा नेता एव आन्दोलनका अगुवा दिपेन्द्र चौधरीले बताए । त्यस्तै समस्या समाधानप्रति ध्यान नदिए अझै सशक्त रुपमा कडा आन्दोलन गर्न बाध्य हुने अर्का नेता बिनोदकुमार यादवले बताए ।

यदि किसानको जायज माग अविलम्ब कार्यान्वयन गर्ने तर्फ सम्बन्धित निकायले ध्यान नदिएको खण्डमा अझै कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *