TodayPati

सप्तरीबाट लागुऔषधसहित दुई युवक पक्राउ

शुभ नारायण यादव-
सप्तरी, मंसिर २३ गते ।

सप्तरीबाट लागुऔषध सहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोदे बसाइन नगरपालिका ५ खोजपुरका १९ वर्षीय आशिष भनिने सच्चिदानन्द चौधरी र सोही ठाउँका शुभकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बोदे बरसाईनको प्रहरी टोलीले चेकजाँचको क्रममा दुवै जनालाई पक्राउ गरेको हो । स ३ प ३६६१ नम्बरको मोटरसाइकलमा सवार भएर गइरहेका दुवै जनाको साथबाट १० थान डाइजिल्याव एम्पुल, ८ थान फेर्नागन एम्पुल, १० थान नोफिन एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी भुवनेश्वर साहले जानकारी दिए ।

Sponsored

पक्राउ परेका दुवै जनामाथि थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *