अनाथ बनेकी जनकपुरकी आफरिनलाई रहीम युथ सोसाइटीको १ लाख ४१ हजार रुपैँया सहयोग
टुडेपाटी
जनकपुरधाम, मंसिर २० गते ।
मृगौला रोगबाट मृत्यु भएका जनकपुरका फरमान अन्सारीको परिवारलाई युवाहरुको एक संस्थाले आर्थिक सहयोग गरेको छ ।
रहीम युथ सोसाइटीले फरमानकी छोरी आफरिन खातुनलाई अध्ययन तथा उज्जवल भविष्यकालागि भन्दै सोसाइटीले १ लाख ४१ हजार रुपैँया सहयोग गरेको हो ।
शनिबार पत्रकार सम्मेलनको आयोजना गरी उनलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । कतारमा रहेका रहीम युथ सोसाइटीका सदस्यहरुले आ–आफ्नो कमाईबाट उक्त रकम सहयोग गरेका हुन् ।
Sponsored