TodayPati

माहुरीको टोकाइबाट सप्तरीमा एक महिलाको मृत्यु

शुभ नरयाण यादव

सप्तरी, मंसिर १७ गते ।

सप्तरीको रुपनि गाउँपालिका १ मा माहुरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

Sponsored

घर नजिकैको खेतमा काम गर्न गएको बेला अचानक माहुरीले टोक्दा स्थानीय राजेश कुमार यादवकी २४ बर्षिृया श्रीमती रमिला देवि यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

माहुरीको टोकाइबाट सख्त घाइते भएकी रमिलाको तत्कालै युनिक अस्पताल रायपुरमा उपचारको लागि भर्ना गरिएको तथा उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनिले जनाएको छ ।

मृतकको शव राजविराज स्थित गजेन्द्रनारायण सिंंह अञ्चल अस्पतालमा पोष्टमार्टमकालागि पठाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *