TodayPati

फेसबुक एकाउन्ट ह्याक गरी पैसा ठग्ने सप्तरीका रामदेवसहित २ जना पक्राउ

टुडेपाटी-

जनकपुरधाम, मंसिर १६ गते ।

फेसबुक एकाउन्ट ह्याक गरी ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

Sponsored

पक्राउ पर्नेहरुमा सप्तरीको सीतापुर–३ बस्ने ३१ वर्षीय रामदेव साह र ईटहरी उपमहानगरपालिका–४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

उनीहरुले एक महिलाको फेसबुक एकाउन्ट ह्याक गरी नगद ३० हजार रुपैयाँ पठाउ नत्र अश्लील तस्बिरहरू सामाजिक सञ्जालमा राखीदिन्छु भनी डर त्रास देखाएर उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने एक महिलाको फेसबुक एकाउन्ट ह्याक गरी उनीहरुले उक्त रकम ठगी गरेका हुन् । ती महिलाले दिएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा सुनसरी ईटहरी उपमहानगरपालिका–६, ईटहरीमा रहेको आइएमईबाट ठगी गरेको रकम झिकिरहेको अवस्थामा रकमसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Sponsored

उनीहरु उपर आपराधिक लाभ मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *