TodayPati

एक दर्जन जुवाडे १ लाख नगदसहित बाराबाट समातिए

टुडेपाटी-

जनकपुरधाम, कात्तिक ३० गते ।

दीपावलीको राति जुवा खेलिरहेको अवस्थामा बाराबाट १२ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

Sponsored

बाराको करैयामाई गाउँपालिका–१ जब्दी टोलस्थित एक कुखुरा पालन फर्मबाट उनीहरूलाई पक्राउ गरेको हो ।

स्थानीय राकेशप्रसाद साहको कुखुरा फर्ममा केही मानिसहरू जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक शेखरकुमार साहको कमाण्डमा गएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

उनीहरूको साथबाट १ लाख १७ हजार नगद र १६ थान कौडा बरामद भएको प्रहरीले जनाएको छ ।

Sponsored

पक्राउ परेका सबैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *