मधेशमा जाडो बढ्यो
टुडेपाटी–
जनकपुरधाम, कार्तिक २१ गते ।
तराईँ मधेशमा मौसम परिवर्तन भएसँगै दुई ÷तीन दिनदेखि एकाएक जाडो बढेको छ ।
जाडो बढेपछि जनकपुर सहित तराईँका बजारमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले बजारमा मानिसको चहलपहल घटेको हो ।
चिसोले गाउँ घरमा घुर ताप्ने संख्या समेत बढेको छ । चिसोका कारण विमौसमी रुघाखोकी र ज्वरोका विरामी समेत बढेको छ ।
गाउँमा क्लिनिक, स्वास्थ्यचौकीसँगै प्रादेशिक अस्पतालमा पनि बिरामीको सख्या बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ ।
Sponsored
खासगरी अस्पतालमा बालबालिका, वृद्धवद्धामा लाग्ने निमोनिया, खोकी, घाँटी दुख्नेजस्ता रोगका बिरामी अस्पतालमा देखापर्न थालेको बताइएको छ ।
यस्तै, बालबालिकामा कोलडेरिया, निमोनिया, ज्वरो, घाँटी दुख्ने, घाँटीमा टन्सिल देखापर्नेजस्ता बिरामी अहिले अस्पतालमा उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।
त्यस्तै अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा पनि दम, खोकी, निमोनिया लगायतका बिरामीको चाप बढेको चिकित्सकले बताएका छन् ।