TodayPati

भंगहाका मेयर साहलाई कोरोना संक्रमण

टुडेपाटी
जनकपुरधाम, असोज २६ गते ।

महोत्तरीको भंगहा नगरपालिका प्रमुख संजिव साहलाई कोरोना संक्रमण भएको छ । सोमबार बर्दिबासमा स्वाब परिक्षण गराउँदा मेयर साहको रिपोर्ट पोजेटिभ अाएको हो ।

चारदिन अघि उनलाई ज्वरो र समान्य रुघाखोकी लागेको थियो । चिकित्सकको सल्लाहमा कोरोना परिक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ अाएको हो ।

Sponsored

मेयर साहले समाजिक संजालमा अाफुलाई कोरोना संक्रमण भएको भन्दै सम्पर्कमा अाएकाहरुलाई समेत सचेत भएर बस्न र स्वास्थ्यमा कुनै समस्या भए कोरोना परिक्षण गराउन अाग्रह गरेका छन् ।
उनले अाफ्नो स्वास्थ्य अवस्था समान्य रहेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *