सशस्त्र प्रहरीद्वारा लाखौंको अवैध मदिरा बरामद
शुभ नारायण यादव-
सप्तरी, असाेज २२ गते ।
पछिल्लोपटक लकडाउन खुकुलाे भएपछि सप्तरीको विभिन्न सीमावर्ती नाकाहरुमा अवैध मदिरा तस्करी फष्टाएकाे छ । सशस्त्र प्रहरी ६ नम्बर गणले सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिकास्थित कोसीबाट लाखौंको अवैध मदिरा बरामद गरेकाे हाे ।
नेपालबाट अवैध रुपमा चोरी तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीकाे टाेलीले विशेष सुचनाकाे आधारमा झण्डै १ लाख मूल्य बराबरकाे अवैध मदिरा र ढुङ्गा सहित बरामद गरेकाे सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालबाट अवैध रुपमा लुकिछिपी अवस्थामा रातिकाे समयमा ४० काटुृन अवैध मदिरा बरामद गरेकाे हो ।
बरामद गरिएको मदिरा र ढुङ्गालाई आवश्यक अनुसन्धानकाे लागि राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको तथा मदिरा तस्करहरु फरार रहेकाले उनीहरुकाे खाेजी कार्य तिव्र रुपमा भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै सप्तरीको छिन्नमस्ता माेहनपुर नाकाबाट समेत प्रहरीले अवैध मदिरा बरामद गरेकाे छ ।