TodayPati

धनुषामा बालकलाई मलद्वारमा करणी गरि हत्या गर्ने सदा पक्राउ

टुडेपाटी-
जनकपुरधाम, असोज १७ गते ।

धनुषामा बालकलाई मलद्वारमा करणी गरि हत्या गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका-७ भठिहनका २२ वर्षीय रामबहादुर सदा छन् ।

धनुषाको प्रहरी उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार बिहीबार मध्याह्न १२:०० बजेको समयमा जिल्लाको धनुषाधाम नगरपालिका-७ किसानपुर बस्ने रामेश्वर सदाको छोरा वर्ष ५ को रुपेश सदा घरबाट निस्की हराएकोमा खोजतलास गर्दै जाने क्रममा शुक्रबार दिउँसो १:३० बजेको समयमा सोही ठाउँका कृषी ईट्टा उद्योगको परिसरभित्र रहेको वर्षातको पानी जमेको खाल्डोको डिलमा पात पतिङगरले छोपिएको अवस्थामा मृत फेला परेको थियो ।

Sponsored

मृतक बालको नातामा दिदी पर्ने २ जनाले शवदेखि शवलाई उठाई घरमा लगि राखेको खबर प्रहरीलाई प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटेको टोलीले मृतक लाशक जाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको थियो ।

पक्राउ परेका सदाले आफ्नो सालो नाता पर्ने मृतक रुपेश सदालाई विस्कुट, चकलेटको प्रलोभन देखाई संगै साथमा माछा मार्न गएको अवस्थामा बालकलाई अप्राकृतिक मैथुन ( मलद्धारमा ) करणी गरिरहेको अवस्थामा बालक वेहोस भएपछि रामबहादुर सदाले मृतकले लगाएको कन्दनी ( डारा ) ले घाँटी कसी हत्या गरेको भन्ने प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी मिश्रले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *