TodayPati

कवाडी खोलामा डुबेर एकै परिवारका पाँच जना बेपत्ता

टुडेपाटी-

बाजुरा, असोज १६ गते ।


बाजुरामा एकै परिवारका पांँचजना खोलामा डुुुुबेर बेेेपत्ता भएका छन् । हिमाली गाउँपालिका–५ कवाडी खोलामा डुबेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही गाउँका धर्म नेपालीकी श्रीमती सत्ता नेपालीलगायत उनकी तीन छोरी र एक छोरा रहेका छन् ।

Sponsored

शुक्रबार दिउँसो छोराछोरीसमेत खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमासमेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले जानकारी दिए ।
     
बेपता हुनेमा ३० वर्षीया सत्ता नेपाली छोरीहरू ५ वर्षीया आरती, ४ वर्षीया सन्तोसी, १ वर्षीया किस्मती र २ वर्षीय छोरा सम्मान नेपाली रहेका प्रहरी निरीक्षक ठगुन्नाले बताए । उनीहरू के कति कारणले डुबेका हुन भन्ने विषयमा बिस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

सोही खोलामा करिब २ महिनाअघि पनि १ बालिका बगेर बेपत्ता भएकी थिइन् । सो खोलामा हरेक वर्ष ५/६ जनाले ज्यान गुमाउने गरेको स्थानीयले बताउँछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *