TodayPati

प्रदेश २ : दिनहु नेता फोनको ‘प्रेसर’ले प्रहरीलाई तनाव

टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।

धनुषा, क्षीरेश्वरनाथ नगरपालिकामा भदौ पहिलो साता गाइगोठमा आगलगि हुदा चौपाया जलेर मरे । घटनाको भोलि पल्ट पिडित परिवार कसैमाथि आंशका गरेनन् । दुई दिनपछि आगलगिको घटना नेकपा–काग्रेस दुई पार्टीको विवादमा परिणत भयो । नेकपा पक्षधरले आगलगि घटनामा काग्रेस समर्थित कार्यकर्ताको संलग्नता रहेको किटानि जाहेरी ल्याए । प्रहरीले छानविन गरे । तर राजनीति पुर्वाग्रहले उजुरी आएको निष्र्कश निकाले । घटनामा संलग्न केहि पक्राउ परेर छुटेका छन् ।

नेकपाकी सांसद जुली महतोले इलाका प्रहरी कार्यालय महेन्द्र नगरका मुद्दा फाटका जवानदेखि जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतलाई दुई सातासम्म घटनाको मुद्दा दर्ता गरी पक्राउ गर्न दवाव दियो । दिन्हु सांसदको फोनमा आउने दवाव पछि प्रहरीले सबै जनालाई नियन्त्रणमा लिन सक्ने अवस्था नहरेको र अनुसन्धान भइरहेको बताए ।

Sponsored

आगलगीको घटना सेलाउन नपाउदै धनुषाको हार्सरको विवादमा राजनीति सुरु भयो । सडकमा आउदै गरेका व्यक्तिलाई खुट्टा अडयाएर एकले अर्कालाई लडाएको विषयमा दुई समुह बिच झडप भयो । प्रहरीका अनुसार दुई दिनपछि विवाद नेकपा–काँग्रेस पार्टीमा परिणत भयो । काँग्रेस निकट रहेर स्वतन्त्र वडा अध्यक्ष निर्वाचित जनप्रतिनिधिलाई विवादमा संलग्न रहेको भन्दै किटानि सहितको उजुरी जिल्ला प्रहरीमा आयो । तर, कुटपिटमा संलगन देखाइएका वडाध्यक्ष विवाद भन्दा २ दिन अगाडिदेखि नै कोरोना पोजेटिभ भएर जनकपुर स्थित घरमा होम आइसोलेशनमा थिए ।

प्रहरी अनुसन्धानलाई विश्वास नै नगरी नेकपा सांसद महतो वडाध्यक्ष विरुद्धको मुद्धा दर्ता गरी पक्राउ गर्न निरन्तर दवाद दिइन् । प्रहरी अधिकृतले हस, हुन्छ, भइहाल्छ, बुझदै छौ, अनुसन्धान हुदै छ बाहेक सांसदलाई अरु केहि भन्न सकेन ।

प्रहरीले दोषिलाई समयमा पक्राउ गरी कारवाहि नगर्दा जनप्रतिनिधिको हैसियतले प्रहरीलाई निरन्तर फोन गरेको बताउछन् । धनुषाका प्रहरीको कार्य सन्तोषजनक नरेको समेत उनले दवी गरे । प्रहरी अधिकृतहरु जागिर मात्रै जोगाउन काम गरेका छन्, सांसद महतोले भनिन् ‘कुनै पनि घटनालाई प्रहरीले समान्य रुपमा लिएर कारवाहि गर्नु भन्दा मिल्न दवाव दिन्छ । पीडकलाई कारवाहि नगरी उन्मुक्ति दिंदा समाजिक अपराध बढेको छ ।’ निर्वाचन क्षेत्रबाट आएको समस्या समधान गर्न र प्रहरीलाइ जिम्मेवारी बोध गराउन जनप्रतिनिधिको स्तरबाट फोन गर्न बाध्य छु, उनले भनिन् ।

Sponsored

काग्रेस निकटका व्यक्तिलाई तत्काल पक्रउ गरी कारवाहि गर्न दवाव दिने सांसद महतो पुर्व मन्त्री रघुबिर महासेठकी श्रीमती हुन् । दुवै घटना धनुषा निर्वाचन क्षेत्र नं. ४ को हो । यहाबाट महासेठ प्रतिनिधि सभामा सदस्य हुन । जुली समानुपातिकबाट प्रतिनिधि सभा सदस्य हुन् ।

निर्वाचन क्षेत्रमा भएको समान्य घटनामा पार्टीका कार्यकर्तालाई बचाउन र विपक्षीलाई कारवाहिकालागि प्रहरी अधिकृतलाई सांसदले दवाव दिएको उदाहरण मात्रै हुन् । धनुषामा प्रतिनिधि सभा ४ र प्रदेश सभा ८ सांसद र १८ स्थानिय तहका प्रमुख,उप-प्रमुख कुनै पनि घटनामा सत्य तथ्य भन्दा पनि आफु निकटको बचाव र विपक्षिलाई कारवाहीका लागि दिन्हु प्रहरीमाथि दवाव बनाइ राख्छन् ।

जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार सत्ता पक्षधर सांसद निकटका व्यक्ति (नेता) हरु आफु अनुकुल काम नगरे सरुवा गराउने सम्म धम्कि दिन्छन् । उनिहरुकै सुझाव मानेर सांससदहरुले सरुवापनि गराएर शक्ति प्रदर्शन समेत गर्छन् । समान्य देखि जघन्य अपराधको घटना लगतै राजनीति दलका नेताले बचाव र कारवाहिकालागि फोन गरेर आफना स्वार्थ पुरा गर्न प्रहरीलाई दवाव दिने गरेको प्रहरी अधिकृतहरु बताउछन् ।

अनौपचारीक भेटघाटमा जिल्लाका प्रहरी प्रमुखहरुले सताधारी पार्टीका सांसद र नेताको थेग्नै नसक्ने दवाव बारे दुख समेत पोख्छन् । प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहका अनुसार राजनीतिकर्मी, जनप्रतिनिधि कुनै पनि घटनामा चासो लिनु राम्रो पक्ष भएपनि व्यक्तिगत, राजनीति स्वार्थपुर्तिका लागि निर्दोषलाई थुनामा राख्ने दवाव दिनु राजनीति परम्परा नै बनेको छ ।

प्रदेश राजधानी रहेको धनुषामा स्थानिय र प्रदेश सांसदको समान्य दवावा भएपनि नेकपाका सांसद जुली महतो, रघुबिर महासेठ र मातृका यादव दिन्हु कुनै न कुनै घटनमा प्रहरीलाई दवाव दिएकै हुन्छ । दवाव दिनेमा नेकपाका नेता रामचन्द्र झा पनि पर्छन् । प्रदेश सरकारका मन्त्रीहरु पनि आकल झुकल कार्यकर्ता बचाउन फोना गर्ने गरेका छन् । केहि वर्ष अघिसम्म प्रहरी अधिकृतलाई सोझै फोन गर्ने नेपाली काँग्रेसका उप सभापति बिमलेन्द्र निधी पछिल्लो समय कुनै पनि घटनामा बचाउन र कारवाहिकालागि आफै अगाडी आउदैनन् ।

समान्य विवादमा राजनीति स्वार्थ जोडिएपछि प्रहरी कार्यालयमा भिडभाड हुन्छ । विवादमा पिडक र पिडित दुवै निकटका राजनीतिकर्मीले प्रहरीलाई बचाव र कारवाहिकालागि दवाव दिछन । स्वार्थ पुरा नभए, प्रहरी कडा रुपमा प्रस्तु भएपछि दलका नेता प्रदर्शन, बन्द र हडताल समेत गराउदै आएका छन् । दलका प्रतिनिधिले व्यक्तिगत विवादमा राजनीति स्वार्थ पुरा गर्न खोज्दा पिडक र पीडित दुवै अनाहक झन्झटमा पर्ने गरेको छ ।

प्रहरी कार्यालयमा दलका प्रतिनिधि राखेर विवाद सल्टाउन आउने नेता विवाद मिलाउनु भन्दा पनि राजनीति प्रतिशोध लिन खोज्दा पिडित थप समस्यामा पर्ने गरेको छ । राजनीति दलका कार्यकर्ताले विवादमा परेका दुवै पक्षसंगै आर्थिक लेनदेन गर्ने गरेको समेत पाइएको छ । प्रहरी कार्यालय सम्म गएर छलफलमा बसेका व्यक्ति पीडित÷पिडकले नै पेट्रोल र खाजा खर्च व्यहोर्ने गरेको छ ।

कुनै पनि राजनीतिकर्मी, सांसद, मन्त्री अथवा प्रभावशाली नेता कुनै घटनामा प्रहरी माथि दबाब दिंदा अनुसन्धान प्रभावित हुने गरेको जनकपुरका बुद्धिजिवि सुरेन्द्र लाभ बताउछन् । त्यसमा पनि गरीब र सोझा साझा नागरिक को लागि कोइ बोल्ने बाला नहुदा समष्टिगतरुपमा यो सामाजिक न्याय विपरित भएको लाभ बताउछन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “प्रदेश २ : दिनहु नेता फोनको ‘प्रेसर’ले प्रहरीलाई तनाव

  • October 2, 2020 at 8:03 am
    Permalink

    Due to corrupted and uneducated but have educational degree and corrupted full skills political parties and policies such activities create in our nation.so I requested to Nepal government and Nepal election commission to make rule and regulations that to be stand up in election they must have educational degree and have a good manners as well as not investment money will election.And I requested to Nepali president that not to give too much facilities to policies and please try to maintain brotherhood environment among nations.

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *