TodayPati

बारामा भण्डारण गरी राखिएको २ करोडभन्दा बढीको केराउ नियन्त्रणमा

टुडेपाटी-
जनकपुरधाम, असोज १४ गते

भारत तर्फ तस्करी गर्नका लागि भण्डारण गरी राखिएको २ करोडभन्दा बढी मूल्य बराबरको केराउ प्रहरीले बाराबाट नियन्त्रणमा लिएको छ । 

बुधबार वीरगन्ज महानगरपालिका–१६ ईनरवा गाउँस्थित नेपाल भारतको सीमाना नजिकै अवैध रुपले गोदाममा भण्डारण गरेको अवस्थामा २ करोड ६० लाख मूल्य बराबरको केराउ नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

Sponsored

ललितपुर घर भएका वेदान्तजँग राणा प्रोपराइटर रहेको फर्मले अवैध रुपमा भण्डारण गरेर राखेको प्रतिबोरा ५० किलोको दरले ६ हजार ५ सय बोरा केराउ प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

बाराको परवानीपुर गाउँपालिका–३ मा आधिकारिक कार्यालय सञ्चालन गरेको श्री प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिले भारत तस्करी गर्ने उद्देश्यले भण्डारण गरेर राखेको केराउ नियन्त्रणमा लिइएको एसपी प्रसाईंले बताए ।

प्रदेश प्रहरी कार्यालय एवं जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले अवैध रुपमा भण्डारण गरी राखिएको कराउका साथै फर्मका म्यानेजर प्रभात श्रेष्ठ र ना ६ त ८७१० नम्बरको ट्याक्टरसमेत नियन्त्रणमा लिएको छ ।

Sponsored

नियन्त्रणमा लिइएको केराउसहित फर्मबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *