सप्तरीका एकजना कोरोना संक्रमितको धरानमा मृत्यु
शुभ नारायण यादव
सप्तरी , असोज १४ गते । ।
कोरोना भाइरसको संक्रमणबाट धरानमा सप्तरीका संक्रमितको मृत्यु भएको छ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीको राजविराज नगरपालिका –४ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो।
उनी असोज ९ गते अस्पताल भर्ना भएका थिए। ती पुरुषलाई विराटनगरको गोल्डेन अस्पतालले धरान रेफर गरेको थियो। उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिए।
मिर्गौलाका रोगी उनी नियमित डायलसिस गराउँदै आएका थिए।यो सगे सप्तरीमा मृतकको सख्ङया १५ पुगेको स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।
Sponsored