ललितपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
टुडेपाटी-
ललितपुर, असोज ७ गते ।
ललितपुरमा बुधबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर घर भएका एक जना ८० वर्षीय पुरुषको मंगलबार र अर्का ७४ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो ।
८० वर्षीय पुरुष ६ भदौमा उपचारका लागि मेघा अस्पतालमा भर्ना भएका थिए । ७४ वर्षीय पुरुष १७ भदौमा अल्का अस्पतालमा भर्ना भएका थिए ।
Sponsored