TodayPati

सिरहा : कालोबजारी गर्ने ३ व्यापारी साढे ७४ क्विन्टल प्याजसहित पक्राउ, गोदाम सिल

टुडेपाटी-
जनकपुरधाम, असोज १ गते ।

कालोबजारी गर्न राखेको करिब साढे सात क्विन्टल प्याजसहित सिरहाबाट तीनजना पक्राउ गरेका छन् । भारतले प्याजको निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको कालोबाजारी सुरु भएको हो ।

पक्राउ पर्नेमा गोलबजारमा रहेको जय लक्ष्मी सब्जी भण्डार पसल तथा गोदामका सञ्चालक मिर्चैया नगरपालिका ५ बस्ने ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैयास्थित रहेको जय मातादी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहानस्थित गंगा ट्रेडर्सका संचालक रामनारायण नायक छन् ।

Sponsored

सिरहामा अनुगमन टोलीले बुधबार ७ हजार ४४० किलो प्याजसहित संचालकहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहाको गोलबजार, मिर्चैया र लहान बजारका पसल तथा गोदाममा प्याजको कालोबजारी भइरहेको विशेष सूचनाको आधारमा ईलाका प्रशासन कार्यालय लहानका प्रतिनिधिसहित उद्योग वाणिज्य संघका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा जिल्ला प्रहरीबाट खटेको टोलीले बिक्रीवितरणको लागि राखेको प्याजसहित पसल तथा गोदामबाट तीनजना संचालकलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

प्रहरीले ती सञ्चालकहरुलाई नियन्त्रणमा लिई गोदाम सिल समेत गरेर थप अनुसन्धान गरिरहेको डीएसपी घिमिरेले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *