नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
टुडेपाटी-
वीरगन्ज, भदौ ३० गते ।
वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररते कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । बाराको डुमरवाना १४ निवासी ५५ वर्षीय महिलाको मृत्यु भएको हो ।
उच्च ज्वरो, कडा निमुनिया र स्वासप्रस्वास रोगबाट ग्रसित ती महिलालाई परिवारले यही भदौ २९ गते सोमबार अस्पताल ल्याएका अस्पतालका वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले जनाकारी दिए ।
सोही दिन ती महिलाकोे पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । कडा निमोनिया र स्वासप्रस्वास समस्या कारण महिलाको मृत्यु भएको डा. सिंहले बताए ।
शवलाई व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई जिम्मा दिइएको अस्पतालले जनाएको छ ।
Sponsored