TodayPati

सप्तरीको हनुमाननगर नाकाबाट लाखौंको अवैध मदिरा बरामद

शुभनारायण यादव-
सप्तरी, भदौ २६ गते ।

पछिल्लोपटक बन्दाबन्दीकाे नाममा सप्तरीको विभिन्न सीमावर्ती नाकामा अवैध मदिरा तस्करी फष्टाएकाे छ । सप्तरीको हनुमाननगर कङकालिनि नगरपालिका वडा न. ११ सखुवा टाेलबाट २४४ काटुृन अवैध मदिरा प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय हनुमाननगरका इन्चार्ज सय सुरेशकुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टाेलिले विशेष सुचनाकाे अाधारमा नेपालबाट अवैध रुपमा भारततर्फ तस्करी गर्न लागेको अवस्थामा २४४ काटुृन अवेध मदिरा बरामद गरेकाे प्रहरीले जनाएको छ । झन्डै ३ लाख ५० हजार मूल्य बरावरकाे साे अवैध मदिरा बरामद गरेकाे हनुमाननगरका सय यादवले जानकारी दिए ।

Sponsored

बरामद गरिएको अवैध मदिरा आवश्यक अनुसन्धानका लागि राजविराज भन्सार कार्यालय तिलाठि बुझाएको तथा मदिरा तस्कर फरार रहेकाले उनिहरुकाे खाेजि कार्यतिव्र रुपमा भइरहेको सय यादवले बताए । यता पछिल्लोपटक अवैध मदिराका साथै मटर समेत हनुमाननगर नाकाबाट तस्करी फष्टाएकाे स्थानीयबासिहरुले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *