TodayPati

महोत्तरीमा तटबन्ध भत्काएर बाटो बनाउने क्रसर माफियालाई ४० हजार जरिवाना

टुडेपाटी

महोत्तरी, भदौ २६ गते ।

सुमित बालुवा प्रशोधन उद्योग बर्दिबासले तटबन्ध भत्काएर बाटो बनाएपछि बर्दिबास नगरपालिकाले उक्त उद्योगसँग ४० हजार रुपैयाँ जरिवाना असुल्ने सर्तमा कागज गराएका छन्।

Sponsored

बर्दिबास नगरपालिका–६ किसाननगरस्थित रातु खोलामा निर्माण गरिएको ४५ फिट लम्बाइ भएको तटबन्ध उक्त उद्योगले भत्काइदिएको समाचार टुडेपाटीमा प्रकाशित भएको थियो।

हाल नगरपालिकाले क्षतिपूर्तिसहित पुनः बनाउन लगाएको छ। टुडेपाटी लगायतका संचारमाध्यममा समाचार प्रकाशन भएको २४ घण्टा नबित्दै उद्योगका संचालक बिनोद साहका प्रतिनिधि सुनिल कुमार साहले सर्तनामा कागजमा हस्ताक्षर गरेका छन्।

उक्त उद्योगले नदीबाट अवैध रुपमा उत्खनन गर्ने बालुवा गिट्टी ढुवानी गर्न तटबन्ध भत्काएको थियो। भत्काएको तटबन्ध समेत तीन दिनभित्र पहिलेको जस्तो बनाइदिने उद्योगका प्रतिनिधि साहले कागज गरिदिएका हुन्।

Sponsored

अब उपरान्त गैरकानुनी रुपमा बालुवा गिट्टी उत्खनन र तटबन्ध नभत्काउने समेत प्रतिबद्धता साहले गरेका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *