जनकपुरमा कोरोना संक्रमणबाट ग्यास व्यवसायीको मृत्यु
टुडेपाटी
जनकपुरधाम, भदौ २२ गते ।
प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमणबाट थप एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका–५ का ६२ वर्षीय पुरुष रहेका छन् ।
उपचारको क्रममा आइतवार राति करिब ११ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मधुमेह र उच्च रतmचापका विरामी उनलाई चार पाँच दिनदेखि ज्वरो समेत आइरहेको थियो।
पहिला घरमै चिकित्सकको परामर्शमा उपचार गर्दा निको नभएपछि शनिबार फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा पुगेका थिए।
कर्जन्हामा पिसिआर परीक्षणका लागि स्वाब लिएर प्रयोगशाला पठाउँदा रिपोर्ट कोरोना पोजेटिभ आएको थियो। ईलाका प्रहरी कार्यालय मिर्चैयाको उत्तरपट्टीको घरमै उनले ग्यासलगायतका व्यपार संचालन गर्दै आएका थिए।
Sponsored