TodayPati

पछिल्लो २४ घण्टामा १ हजार ५६६ जना कोरोना मुक्त, ९ जनाको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ २० गते ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना भाइरस संक्रमित निको भएका छन् । यो संख्या अहिलेसम्मकै धेरै निको हुने हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५६६ जना कोरोना संक्रमित निको भएको जानकारी दिए ।

Sponsored

योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।

त्यस्तै, शनिबार १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । 

Sponsored

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । जसमध्ये ३ महिला र ९ जना पुरुष रहेका छन् ।

संक्रमणबाट मोरङकी ४३ मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिलाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।

उनका अनुसार संक्रमणबाट पर्साका ७५, महोत्तरीका ७८, काठमाडौँका ४१, ५९, ६५ र रुपन्देही ४० वर्षीय पुरुषको पनि निधन भएको छ ।

योसँगै निधन हुनेको संख्या २८० पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *