TodayPati

कोरोना संक्रमणबाट बर्दिवासका एक वृद्धको धुलिखेल अस्पतालमा मृत्यु

टुडेपाटी-
जनकपुरधाम, भदौ २० गते ।

महोत्तरीको बर्दिवासका एक वृद्धको कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएको छ । योसँगै धुलिखेलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । जसमध्ये दुई जना जिल्लाकै हुन भने तीन जना अन्य जिल्लाका छन् ।

स्वास्थ्यमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका उनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

Sponsored

अस्पताल भर्ना भएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएका उनको नतिजा पोजेटिभ आएको थियो ।

यसैगरी बनेपास्थित शीर मेमोरियल अस्पतालका कर्मचारी र बिरामी गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार साँझ जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी र कुरुवामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *