रौतहटमा पुजारीलाई गोली हानी हत्या गर्ने व्यक्ति पत्ता लाग्यो, को हुन उनी ? यस्तो छ हत्याको कारण
टुडेपाटी-
जनकपुरधाम, भदौ १३ गते ।
रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या भएको १० दिन बितेको छ । तर गोली हानेर हत्या गरेका अपराधी अझै पक्राउ पर्न सकेको छैन् ।
गएको भदौ ३ गते राति करिब पौने ९ बजे मन्दिर परिसरमै अज्ञात समूहले गोली हानी उनको हत्या गरेको थियो । केही बेरमै जानकारी पाएको जिल्ला प्रहरी कार्यालयले छिमेकी जिल्लासमेतलाई सर्कुलर गरेर हत्याराको खोज्न संयन्त्र परिचालन गर्यो ।
अनुसन्धानमा संलग्न स्रोतले हत्यामा चार जना संलग्न भएको आशंका गरेको छ । उनीहरूसँग सम्पर्क रहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका चारै जना हत्या गरेकै दिन भागेर भारत पुगिसकेको स्रोतको भनाइ छ । गृह मन्त्रालयले घटनापछि हुन सक्ने धार्मिक आन्दोलन र विरोध जुलुसलाई ध्यान दिदै कुनै पनि कार्यक्रम गर्न नदिन रौतहट प्रशासन र प्रहरीलाई निर्देशन नै दिएको छ ।
घटनापछि प्रदेश–२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले एसएसपी यज्ञविनोद पोख्रेललाई अनुसन्धानका लागि रौतहट खटाएका थिए । डीआईजी सिंहले पुजारीको हत्यामा संलग्नको पहिचान खुलिसकेको बताए । ‘गोली प्रहार गर्नेमा कोको थिए भन्ने खुलिसकेको छ,’ उनले भने, ‘ती सबै भारत लुकेर बसेका छन् । उनीहरूलाई पक्राउ गरेरै छाड्छौं । उनीहरू कुन क्षेत्रबाट भारत छिरे भन्ने अनुसन्धानको विषय भएको छ । आफ्ना सुरक्षाकर्मी सीमामा चुकेको पाइए कारबाही हुन्छ ।’
Sponsored
मन्दिरमा पूजा गर्दै दान र भिक्षाबाट गुजारा चलाउँदै पुजारी साह र केही मानिसबीच घटनाको दुई साताअघि समान्य विवाद भएको स्थानीयको भनाइ छ । पुजारीसित विवाद गर्ने मानिस को हुन् भन्ने प्रहरीले पत्ता लगाइसकेको छ । उनको हत्या गर्नुपर्ने कारण पनि त्यही हुन सक्ने प्रहरीको अनुमान छ । उनको अरू कसैसँग कुनै किसिमको रिसइबी नभएको नगरपालिकाका मेयर वीरेन्द्रप्रसाद यादवले बताए ।
स्थानीयका अनुसार छरछिमेकमा पुजारी साहको कसैसँग दुश्मनी थिएन । वरिपरि अपरिचित मानिस आउँदा अलि खरो स्वरमा कुरा गर्ने उनको बानी थियो । घटना हुनु केही साताअघि छिमेकी गाउँका ४ जना मानिस मन्दिरनजिकै आएका थिए । मादक पदार्थ सेवन गरेर राति आएका उनीहरू मन्दिरनजिकैको धारामा आउँदा फोहोर नगर्न भन्दै साहले ‘चर्को स्वर’ गरेका थिए । यो कुरा स्थानीयले पनि प्रहरीलाई सुनाएका छन् ।
त्यस दिन आएका चार जना छिमेकी गाउँका रहेको खुलेको छ । अनुसन्धानमा असर पुग्ने भएर उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । ‘धारामा आएका बेला पुजारीले गाली गरे वा के विषयमा भनाभन भयो, सायद त्यसकै बदला लिन हत्यासम्मको जघन्य अपराध गरिएको हुन सक्छ,’ प्रहरी स्रोतले भन्यो । छिमेकी गाउँका उनीहरू भेटिएका छैनन् । प्रहरीले फरार रहेका व्यक्तिको गाउँ पनि खुलाएको छैन ।
घटनापछि प्रदेश–२ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले एसएसपी यज्ञविनोद पोख्रेललाई अनुसन्धानका लागि रौतहट खटाएका थिए । डीआईजी सिंहले पुजारीको हत्यामा संलग्नको पहिचान खुलिसकेको बताए । ‘गोली प्रहार गर्नेमा कोको थिए भन्ने खुलिसकेको छ,’ उनले भने, ‘ती सबै भारत लुकेर बसेका छन् । उनीहरूलाई पक्राउ गरेरै छाड्छौं । उनीहरू कुन क्षेत्रबाट भारत छिरे भन्ने अनुसन्धानको विषय भएको छ । आफ्ना सुरक्षाकर्मी सीमामा चुकेको पाइए कारबाही हुन्छ ।’