धनुषामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको पुष्टि
टुडेपाटी-
जनकपुरधाम, भदौ १३ गते ।
धनुषामा एकजनाको मृत्यु पश्चात् कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको स्वाव परीक्षणमा कोरोना पुष्टि भएको हो ।
धनुषाको नगराइन नगरपालिका-७ डेवडिहाका ६५ वर्षीय पुरुषको बिहिबार राति साढे ११ मृत्यु भएको थियोे । मृतक ती वृद्धमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको कोभिड १९ विशेष अस्पताल जनकपुरका संयोजक डा. जामुन प्रसाद सिंहले जानकारी दिए ।
मृतक वृद्धको शव धनुषाको महेन्द्रनगरस्थित श्रीनाथ गणबाट खटेको सेनाको टोलीले डेवडीहामा कार्यविधि अनुसार संक्रमितको शव व्यवस्थापन गरेको छ ।
स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई बुधबार प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियोे । प्रादेशिक अस्पतालमा ती पुरुषको उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिरहेको बेला बाटोमै मृत्यु भएको थियो ।
मृत्यु भएपछि पुनः प्रादेशिक अस्पतालमा ल्याई स्वाव परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा. सिंहले बताए । मृतक पुरुष लामो समयदेखि मुटु रोग, दम लगायत मधुमेहका समेत रोगी थिए ।
योसँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
Sponsored