मुख्यमन्त्रीका स्वकीय सचिवले पत्रकारलाई गाली गरेको घटनाप्रति महासंघ र संगठनको आपति
टुडेपाटी-
जनकपुरधाम, भदौ १० गते ।
नेपाल पत्रकार महासंघ प्रदेश नं. २ ले मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले पत्रकारलाई लक्षित गरी गाली गरेको घटनाप्रति आपति जनाएको छ । महासंघ प्रदेश नं. २ का महासचिव किरणकुमार कर्णले एक विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीका स्वकीय सचिव यादवलाई उक्त शब्द फिर्ता लिन आग्रह गरेका छन् ।
मुख्यमन्त्रीका स्वकीकय सचिव जस्तो पदमा भएका व्यक्तिले अपशब्द प्रयोग गरी पत्रकारिता क्षेत्रको बदनाम गर्नु निन्दनीय भएको विज्ञप्तीमा उल्लेख छ ।
समाचारमा चित्त नबुझेको खण्डमा सरोकारबाला लगायत सम्बन्धित निकायमा गुनासो गर्नुपर्नेमा समाजिक संजाल मार्फत पत्रकारलाई ‘भिजिलान्ते’ जस्ता शब्द प्रयोग गर्नु निन्दनीय भएकोले उक्त शब्द अभिलम्ब फिर्ता लिन माग गरेको हो । नभए महासंघ बाध्य भएर आन्दोलनमा जाने समेत उनले विज्ञप्ती मार्फत चेतावनी दिएका छन् ।
यस्तै प्रेस संगठन नेपाल धनुषाले पनि मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव जितेन्द्र यादवले पत्रकारमाथि गरेको गालीगलौजप्रति खेद प्रकट गरेको छ । संगठनका धनुषा संयोजक शैलेन्द्र महतो क्रान्ति र उप संयोजक अवधेश कामतले संयुक्त रुपमा जारी गर्दै मुख्यमन्त्रीका स्वकीय सचिव यादवको पत्रकारलाई लक्षित गरी गरेको गालीगलौज घटनाप्रति भत्र्सना गरेका हुन् ।
संगठनले स्वकीय सचिव यादवलाई उक्त अपशब्द फिर्ता लिँदै आत्मआलोचना गर्न माग गरेका छन् । नभए प्रेस संगठन धनुषा समेत आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।
Sponsored
केहिदिन अघि प्रदेश २ सरकारको भ्रष्टाचार र सरकार परिवर्तनको विषयमा आएको समाचारहरुको कटिंग राख्दै मुख्यमन्त्री राउतका स्वकीय सचिवले पत्रकारलाई भिजलान्ते भन्दै समाजि संजालमा गाली गलेका थिए ।