TodayPati

धनुषामा भैंसी धुन गएकी महिलाको शव खोलाबाट भोलिपल्ट फेला

टुडेपाटी-
जनकपुरधाम, भदौ १० गते ।

धनुषामा भैंसी नुहाउन गएकी एक महिला २५ घण्टामा मृत फेला परेकी छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ राधापुर बस्ने उत्तिम यादवकी ४० वर्षीया पत्नी भुटि देवी यादव मृत भेटिएकी हुन् ।

मंगलबार बिहान करिव ११ बजे गाउँकै छेउमै रहेको बलुवा खोलामा खनिएको खाल्डोमा भैंसीलाई नुहाउन गएकी यादव अबेर रातीसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज दिउँसो १२ बजे नदी किनारमा मृत अवस्थामा भेटिएकी धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

Sponsored

गाउँकै एक व्यक्ति नदीमा माछा मारिरहेको समयमा मृतक महिलाको शव नदी किनारमा देखेपछि प्रहरीलाई खबर गरिएको थियो । उनको शवलाई प्रहरी र स्थानीयको सहयोगमा नदीबाट निकालिएको मिश्रले बताए ।

जनकपुरमा आँपको रुखमा झुन्डिएको अवस्थामा युवकको शव फेला

जनकपुरमा आँपको रुख झुन्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन् । बुधबार जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित बाँसबारीमा आँपको रुखमा डोरिमा पासो लगाएर झुण्डिएको अवस्थामा स्थानीय खेहरु यादवका ३० वर्षीय छोरा छबिलाल यादवको शव बरामद भएको हो ।

Sponsored

मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *