TodayPati

मेयरको भिडियो खिच्दाको परिणाम : बुबालाई शौचालयमा थुनाई, छोरालाई रामधुलाई

टुडेपाटी

जनकपुरधाम, फागुन ९ गते ।

अधुरो नाला निरीक्षणको क्रममा मेयरको भिडियो खिचेर फेसबुकमा राखेको भन्दै बरामा बुबालाई शौचालयमा थुनाई र छोरालाई रामधुलाई भएको छ । आफ्नो भिडियो खिचेको भन्दै गएको सोमबार बुबालाई शौचालयमा थुनेका बराको महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले नगरप्रहरी परिचालन गरी बिहीबार साँझ छोरालाई पनि कुटपिट गराएका छन् ।

Sponsored

महागढीमाई नगरपालिका वाडा नं. २ को बरियारपुर बजारमा आफन्तको पसलमा बसिरहेका मकुेश कुशवाहलाई साँझ नगरप्रहरीले कुटपिट गरेको र आफन्त बचाउन आएपछि उनीहरुलाई समेत कुटपिट गरेको पीडित परिवारले बताएका छन् ।

कुटपिट भइरहेको बेला स्थानी सशस्त्र प्रहरी बेस क्याम्प बरियारपुरले उद्धार गरी आफ्नो सुरक्षामा राखेको पीडित मुकेशले बताए । ‘म आफन्त रमाशंकर कुशावहाको पसलमा बसिरहेको थिएँ । नगरप्रहरी र मेयरका आफन्त झण्डै २०।२५ जनाको समुहमा मलाई कुटपिट गरी लान खोजे । म गुहार गर्न थालेपछि स्थानीइ सशस्त्र प्रहरीले तत्कालै बचायो । अहिले पनि म सशस्त्र प्रहरीको सुरक्षामा छु ’

मुकेशका अनुसार आफुलाई कुटपिट गर्न समातेर लान खोजेको थाहा पाएर बाटोमा आउँदै गरेका बुरबा हिरेन्द्र महतो, भाई सिकेन्द्र कुशाहा, उमेश्वर प्रसाद कुशावहा र नन्दलाल कुशावाहालाई नगरप्रहरीले कुटपिट गरेको हो ।

Sponsored

गएको सोमबार स्थानीय निर्माणाधीन अधुरो नाला निरीक्षणको क्रममा मुकेशले मेयर यादवको प्रतिक्रियासहितको भिडियो खिच्न खोजेपछि हप्काएका थिए । त्यहि भिडियो एक स्थानीयले समाजिक संजालमा पोस्ट गरेको भन्दै मेयर यादव मुकेशलाई कारबाही गर्न खोजि गर्ने क्रममा नभेटिएपछि नगरप्रहरी परिचालन गरी खेतमा पानी पटाइरहेका मुकेशका बुबा हरेन्दलाई पक्राउ गरी नगरपालिकामा ल्याएका थिए । त्यहाँ मेयरले हरेन्द्रलाई आफ्नो जुत्ता फुकालेर टाउकोमा राख्न भन्दा अस्वीकार गरेपछि झापड हान्दै शौचालयमा आधा घण्टा थुनेर दुब्र्यबहार गरेका थिए ।
सोहि बिरुद्ध बिहीबार हरेन्द्रले मेयर यादवलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारामा भेदभाव तथा अपमानजन्य व्यवबहार सम्बन्धी मुद्दा दर्ता गराका छन् ।

मेयर यादवले टुडेपाटीलाई प्रतिक्रिया दिँदै भनेका थिए ‘ मुकेशले मेरो भिडियो खिचेर समाजिक संजालमा राखेर चरित्र हत्या गर्यो । त्यसकै लागि मुकेशका बुबालाई बोलाएर सोधपुछ मात्रै गरेको छु । कुटपिट गरेको छैन । तर मुकेशलाई जहाँबाट भएपनि पक्राउ गरी कारबाही गर्छु । यतिकै छाड्दिन’

घटनाका विषयमा बाराका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले नगरप्रहरीले समात्ने क्रममा समान्य कुटपिट गरेको हुन सक्ने बताए । ‘नगरप्रहरी समात्न गएको बेला समान्य हातपात भएको हुन सक्छ । घरपरिवारसमेत कुटिएको विषयमा हामीलाई जानकारी छैन ।’

छोराले भिडियो खिच्दा बुबालाई शौचालयमा थुन्ने महागढीमाईका मेयर विरुद्ध प्रहरीमा जाहेरी

मेयरको गुण्डागर्दी : छोराले भिडियो खिचेको निहुमा बुबालाई कुटपिट गर्दै शौचालयमा थुने

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *