TodayPati

धनुषामा पावरको भरमा एसईईको नतिजा, मार्क कम दिँदा विद्यालयमा तालाबन्दी

नितेश यादव-
जनकपुरधाम, भदौ ७ गते ।

धनुषामा आन्तरिक मुल्यांकनको हिसाबले एसईईको नतिजा नदिएकोले विद्यालयमा तालाबन्दी गरेका छन् । धनुषाको बटेश्वर गाउँपालिका–२ धुमासनस्थित श्री जन प्रिय माध्यमिक विद्यालयमा आन्तरिक मुल्यांकन गरेर एसर्ईईको मार्क पठाउनु पर्नेमा विद्यालयले मनमौजी पावर तथा पहुचको भरमा मार्क दिएर पठाएकोले पीडित अभिवाभक तथा स्थानीयवासीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् ।

जन प्रिय विद्यालयमा अध्यनरत धनुषाको बटेश्वर गाउँपालिका–२ का विद्यार्थी नरेश महतोले पछिल्लो टेस्ट परीक्षामा ए प्लस ल्याई उत्तीर्ण भएको थियो । तर, विद्यालयमा पावर र पहुचका कमीले गर्दा नरेशको बी प्लस नतिजा आएको उनको हजुरबुवा भोला महतोले बताए ।

Sponsored

नतिजाको सम्बन्धमा विद्यालय व्यस्थापन समितिका अध्यक्ष योगेद्र महतो र विद्यालयका प्रधानाध्यापक राजकुमार राउतलाई किन यस्तो भएको हो, विद्यार्थीको क्षमता अनुसारको मार्क किन आएनन् लगायतका विषयमा पटक पटक छलफल गर्न बोलाउँदा उनीहरुले बेवास्ता गरको महतोको भनाइ छ ।

नरेशको हजुरबुवा भोलाका अनुसार नरेशको नतिजा कम आएकोले उनको मानसिक सन्तुलन बिग्रिन थालेको छ । उनको साथीको ए प्लस रिजल्र्ट आएकोले र उनको बी प्लस क्षमता अनुसार कम नतिजा आएकोले नरेशको मानसिक सन्तुलन बिग्रीन थालेको भोलाले बताए ।

‘विद्यालयका प्रअ राउतले नरेश पढ्नमा अब्बल छ, नरेशको टेस्ट परीक्षामा ए प्लस रिजल्ट आएको थियो, आगाडि बोर्ड परीक्षामा पनि उसको ए प्लसनै आउँछ, तर कोरोना माहामारीले गर्दा चैत ६ गते देखि हुने एसईई परीक्षा एक दिन अगाडि स्थगित भएकोले सरकारले आन्तरिक मुल्यांकनका आधारमा विद्यालयलाई नितजा दिन भनेकोमा मलाई पावर र राजनीतिक पहुचको अभाव भएकोले आफ्नो भतिजोको मार्क कम गरेर दिएको विद्यार्थी नरेशका काका लालबाबु महतोले टुडेपाटीलाई भने ।,’

Sponsored

त्यस्तै सोही विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र महतोको छोरा पनि अध्यनरत भएकोले उनको मार्क ४ जीपीए आएको स्थानीयको आरोप छ । यस्ता घटनाहरु कयौं पटक जन प्रिय विद्यायलमा भइरहेको छ । कतै राजनीतिक चलखेलका कारण त् कतै विद्यालयको चरम लापरवाहीले विद्यार्थीको जीवन संग खेलवाड हुँदै आएको स्थानीय राजेश महतोले बताए ।

यस सम्बन्धनमा वडा कार्यालय तथा गाउँपालिकामा ज्ञापन पत्र समेत बुझाउने तयारी भइरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र महतोले टेस्ट परीक्षामा ए प्लस कसैको पनि आएको छैन । विद्यालयका प्रअ राउतलाई सोधेपिछ टेस्ट परीक्षामा हैन अझै मिहिनेत गरे बार्ड परीक्षामा ए प्लस आउने छ, अध्यक्ष महतोले टुडेपाटीलाई भने, ‘विद्यार्थिको एसईई परीक्षा लकडाउनका कारण नभएकोले सरकारले आन्तरिक मुल्यांकन गर्ने निर्णय गरेपछि विद्यालयका प्रअको मातहतमा तीन सदस्य समिति गठन भयो, सो समितिमा आफ्नो संलग्नता नरहेकोले मार्क कसरी दियो भन्ने जानकारी छैन ।’

यता यस सम्बन्धमा विद्यालयका प्रअ राउतसंग प्रतिक्रिया लिन पटक पटक फोन गर्दा सम्पर्क हुन सकेनन् ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *