७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि सञ्चारमन्त्री बाँस्कोटाले दिए राजिनामा
टुडेपाटी-
काठमाडौं, फागुन ८ गते ।
सञ्चार तथा सूचना प्रविधि गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड रुपैयाँ कमिसन प्रकरणमा मुछिएपछि उनले बिहीबार प्रतिनिधिसभा बैठकमा राजिनामा दिएका हुन् ।
राजीनामा दिइसकेको अनौपचारिक जानकारी सभामुख अग्नि सापकोटाले संसदलाई गराएका छन् ।
सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटामाथि राजीनामा दिन दबाब परेको थियो । बाँस्कोटाले बुधबार ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो । सोही विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको थियो ।
नेपाल जस्तो देशकाे कमिसन त हो dress