TodayPati

मन्त्री गोकुल बाँस्कोटाले फोनबाटै मागे ७० करोड कमिसन, सरकारमा खलबली मच्चियो (अडियो सहित)

टुडेपाटी
काठमाडौँ, फागुन ८ गते ।

संघीय सरकारका सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका मागेको अडियो यतिखेर भाइरल भएको छ ।
एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो विभिन्न संचारमाध्यमले प्राप्त गरेपछि भाइरल भएको छ ।

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन् । नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ ।
७० देखि ७५ करोड कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन मन्त्रीलाई दिने प्रस्ताव सुनेपछि त्यो भनेको कति भनेर सोध्ने मन्त्री बास्कोटालाई उनले ५५ करोड जति कमिसन हुने प्रष्ट पारेका थिए । ्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र समेत रहेका बास्कोटा यति ठूलो कमिसन प्रकरणमा मुछिएपछि राजनीतीमा तरंग उत्पन्न भएको छ ।
एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागि भएका थिए। उनलाई मन्त्रीले २७ अर्वको लागत लाग्ने देखिए त्यसलाई २८ अर्व बनाउन सुझाव दिएर थप एक अर्व समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ ।

Sponsored

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *