TodayPati

सहिद रामवृक्ष यादवको २६ औं स्मृति दिवस मनाइयो

टुडेपाटी-
जनकपुरधाम, भदौ २ गते ।

तत्कालिन नेकपा माओवादीका १० वर्षे जनयुद्धको पूर्वसन्ध्याका सहिद रामवृक्ष यादवको २६ औं स्मृति दिवस छुट्टा–छुट्टै कार्यक्रम गरी मनाइएको छ । नेपाल कम्युनिष्ट पर्टीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सहिद रामवृक्ष यादवको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
पार्टी कार्यालय धुम्बारहीमा अध्यक्ष प्रचण्डले यादवप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गरेका थिए ।

यस्तै नेकपा धनुषा जिल्ला समितिले पार्टी कार्यालय जनकपुरमा सहिद यादवको स्मृति दिवसमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजन गरेको थियो । श्रद्धाञ्जलिल कार्यक्रममा उपस्थित नेकपाका नेता रत्नेश्वर गोइत लगायत नेता तथा कार्यकर्ताहरुले सहिद यादवको तस्वीरमा मल्यार्पण तथा अविर चढाई श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

Sponsored


नेकपाले प्रत्येक वर्ष भदौ २ गते सहिद यादवको स्मृति दिवस भव्य रुपमा धनुषाको बारमझिायमा मनउँदै आएका थिए । तर यसवर्ष कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै भीडभाडको कार्यक्रम नगरी संयमतापूर्वक मानाएको हो ।

सहिद यादवको २६ औं स्मृति दिवसको अवसरमा बारमझियामा आमसभा नभएपनि सहिद यादवको तस्वीरमा फुलमाला अर्पण गरी श्रद्धाञ्जलि अर्पण गर्नुको साथै वृक्षा रोपन गरिएको छ ।

सहिद रामवृक्ष यादव स्मृति प्रतिष्ठानको आयोजनामा स्मृति दिवसमा श्रद्धाञ्जलि तथा गणेशमान चारनाथ नगरपालिकाको लक्ष्मीपुर चौकदेखि थल्हा सडकमा वृक्षारोपन गरिएको छ ।

Sponsored

This image has an empty alt attribute; its file name is 117646944_1444641075739145_4427675425872725214_n.jpg

बरमझियामा भएको कार्यक्रममा नेकपाका स्थायी सदस्य मातृकाप्रसाद यादव, सहिद यादवकी पुत्री तथा प्रतिनिधिसभा सदस्य बोधमाया यादव, केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज श्रवण यादव बरबरिया, जिल्ला सचिव दीपक यादव, प्रदेश सदस्य तथा सहिद नगरनगरपाकिला मेयर उदय बबरबरिया, युवा संघका जिल्ला संयोजक सरोज यादव लगायतका केन्द्रिय, जिल्ला तथा स्थानीय नेता कार्यकर्ता सहभागि भएका थिए ।

This image has an empty alt attribute; its file name is 117752756_2893275470773413_8871377719732820797_n.jpg

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आमा सम्पैत देवी र बुबा रामलखन यादवको कोखबाट वि.सं. २००३ मा जन्मिएका यादव वि.सं. २०२९ सालमा नेकपा (चौम) को सम्पर्कमा पुगेका थिए भने २०३१ मा त्यस पार्टीको सक्रिय सदस्यता प्राप्त गरेका थिए ।

निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध जनयुद्धको तयारीमा लागेका बेला वि.स. २०५१ साल भदौ २ गते सहिद यादवको हत्या भएको थियो । मास्टर साहेव नामले चर्चित यादवको छोरा चन्द्र शेखर यादवको समेत जनयुद्धमा हत्या भएको थियो भने श्रीमती रामकुमारी यादवको काठमाण्डौमा खाना पकाउने ग्यास पडकेर आगोमा पोलेर मृत्यु भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *