TodayPati

प्रदेश २ मा थप ३२४ जना कोरोना संक्रमित, कुन जिल्लामा कति ?

टुडेपाटी-
जनकपुरधाम, भदौ २ गते ।

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 
 
मंगलवार सबैभन्दा बढी पर्सामा १ सय २४, बारामा ५९, धनुषामा ५४, रौतहटमा ४४, सप्तरीमा १४, महोत्तरीमा १३ र सर्लाहीमा ३ जनामा संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ । 

योसँगै प्रदेशमा संक्रमितको संख्या साढे सात हजार पुगेको छ । त्यसमध्ये ३ हजार ६ सय ६३ जना सक्रिय संक्रमित छन् भने ४७ जनाको मृत्यु र बाँकी उपचार पश्चात निको भइ घर फर्किसकेका छन् । 

Sponsored

मन्त्रालयका वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवका अनुसार आज पुष्टि भएका सबै संक्रमितको अवस्था समान्य रहेको छ ।
 
मंगलवारसम्म प्रदेशमा संक्रमितमध्ये २ हजार २ सय ५३ होम क्वारेन्टाइन र २ हजार २ सय ४५ जना होम आइसोलेसनमा छन् । 

यसैगरी ११ सय ३ जना विभिन्न क्वारेन्टाइन र १ हजार ५ सय १८ जना विभिन्न अस्पतालको आइशोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय स्वाब परिक्षणको दायरा बढाइएसँगै संक्रमितको संख्या समेत बढ्दै गएको छ ।  

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *