टिचिङ अस्पतालका दुइ जना डाक्टरमा कोरोना संक्रमण, आकस्मिक कक्ष सिल
टुडेपाटी-
काठमाडौं, साउन २९ गते ।
काठमाडौँस्थित टिचिङ अस्पताल महाराजगन्जको आकस्मिक कक्षमा कार्यरत दुई जना डाक्टरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पिसिआर परिक्षणको रिपोर्टमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
उनीरूलाई संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलले जानकारी दिए।
उनका अनुसार अस्पतालका अन्य डाक्टर तथा नर्सहरूको पिसिआर परीक्षण सुरू गरिएको छ। सबैको नतिजा आएपछि आकस्मिक कक्ष सञ्चालन गरिनेछ।
Sponsored