TodayPati

बीपी प्रतिष्ठानमा उपचाररत १५ जनाले कोरोना जिते

टुडेपाटी-

धरान, असार ३१ गते ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका १५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

Sponsored

पछिल्लो पटक प्रतिष्ठानबाट कोरोना जितेर घर फर्किनेमा ९ पुरुष र ६ महिला रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा भर्ना उपचार गराएर हालसम्म २ सय ५४ बिरामीले कोराना जितेर डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानमा पीसीआर परीक्षण गर्नेको संख्या ११ हजार ६ सय ६६ जना छ । प्रतिष्ठानमा अहिले १३ जना कोरोना संक्रमित उपचार गराइरहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *