TodayPati

जनकपुरमा आफ्नै मन्त्रीलाई कालोमोसो दल्न जाँदा पक्राउ परेका राजपाका १० युवा रिहा

टुडेपाटी-
जनकपुरधाम, फागुन ३ गते ।


समाजिक विकास मन्त्रीलाई कालोमोसो गर्न गएको बेला पक्राउ परेका राजपाका १० युवा कार्यकर्ता ४ घण्टापछि रिहा भएका छन् । जनकपुरको जानकी हेल्थकेयरको अगाडीबाट पक्राउ गरेका १० जना युवाहरुलाई दिउँसो ३ बजे छाडिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

शनिवार बिहान जानकी हेल्थकेयर एण्ड टिचिंग हस्पिटलमा निःशुल्क खोप र गर्भवती चेकजाँच कार्यक्रमको उदघाटन गर्न पुगेका प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहलाई राजपाकै युवा कार्यकर्ताहरु कालोमोसो दल्न पुगेका थिए । हस्पिटलको प्रवेशद्वारमै नाराबाजी गर्दै मन्त्रीलाई कालोमोसोका लागि बसेका १० युवाहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगेको थियो । त्यसपछि मन्त्री साहलाई प्रहरीले सुरक्षितसाथ गन्तव्य स्थल पुर्याएका थिए ।

Sponsored

शुक्रबार मन्त्रालयमै मन्त्री साहसंग भेट्न राजाप नेपालका धनुषा जिल्लाका अध्यक्ष मण्डलका संयोजक ज्ञनेन्द्र झा पुगेका थिए । मन्त्री र मन्त्रालयको कामकारबाहीको विषयमा नेता झाले केहि असन्तुष्टि पोख्दा मन्त्री साहले ‘तपाईको के औकात ’ भन्ने शब्द प्रयोग गरेका थिए । त्यसपछि युवा नेता झाले समाजिक संजालमा हिम्मत भए जनकपुरको कुनै कार्यक्रममा गएर हेर्न चुनौती दिँदै गए कालोमोसो गर्ने चेतावनी दिएका थिए ।

तर मन्त्री साह शनिवार बिहानै जनकपुरकै एक कार्यक्रममा पुगेपछि नेता झा समर्थित राजपाका नेता युवा कार्यकर्ताहरु कार्यक्रम स्थलमै कालोमोसो गर्न पुगेका थिए । प्रहरीले पत्रफाउ गर्दा कालोमोसो गर्न नसके पनि केहि युवाले मन्त्री साहलाई कालो झण्डा देखाएका छन् ।

जनकपुरमा मन्त्रीलाई कालोमोसो गर्न पुगेका एकदर्जन युवा पक्राउ (भिडियो सहित)

प्रदेश २ का सामाजिक मन्त्री फेरि विवादमा, कालोमोसो दल्ने राजपाकै नेताको चेतावनी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *