TodayPati

मुद्दा मिलाउन पैसा माग्ने बाराका पत्रकार भैया प्रहरीको फन्दामा

टुडेपाटी-

बारा, असार २९ गते ।

बारामा प्रहरी हिरासतबाट लागुऔषध कारोबरी गर्ने छुटाइदिन्छु भन्दै पैसा माग्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । प्रेस सङ्गठन नेपाल प्रदेश २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साहलाई पक्राउ गरेको हो ।

Sponsored

प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका लागुऔषध कारोबारी गर्ने व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकम समेत लिइसकेको रेर्कड फेला परेपछि त्यसैका आधारमा पत्रकार साहलाई पक्राउ गरेको छ ।

पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *